२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । प्रत्येक हप्ता २ दिन सार्वजनिक बिदा दिन सरकारी अध्ययन समितिले सरकारलाई सिफारिस गरेको छ । समितिले बिहीवार एक प्रतिवेदन सार्वजनिक गर्दै हप्ता २ दिन सार्वजनिक बिदा दिन जानकारी गराएको हो ।
हप्तामा २ दिन सार्वजनिक बिदा दिने विषयमा अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको थियो ।
समितिले आर्थिक रूपले कर्मचारी र कार्यालय तथा संस्थाहरूको उत्पादकत्व समेत वृद्धि हुने तथा सरकारी खर्च कटौतीमा सहयोग पुग्ने बताउँदै २ दिन बिदा दिन सिफारिस गरेको हो ।
https://khabarcenter.com/media-file/application/2020/12/1607595778-OzITZ.pdf
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij