Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

सातदिने अभिनय प्रशिक्षण

सातदिने अभिनय प्रशिक्षण


  • 6.3K
    Shares

    • images
    images

    काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नाटक विभागले नेपालगञ्ज र धनगढीमा सातदिने नाटक अभिनय प्रशिक्षण सञ्चालन गरिरहेको छ ।

    प्राज्ञ निशा शर्मा पोखरेलको संयोजनमा सञ्चालित प्रशिक्षण धनगढीमा यही २८ गते  र नेपालगञ्जमा ३० गतेसम्म सञ्चालन हुने प्रतिष्ठानका सूचना अधिकारी ध्रुव वाग्लेले जानकारी दिनुभयो ।

    उहाँका अनुसार धनगढीको प्रशिक्षणमा सहभागी १५ प्रशिक्षार्थीलाई नाट्यकर्मी नरेन्द्र बराल र नेपालगञ्जका २५ प्रशिक्षार्थीलाई वरिष्ठ नाट्यकर्मी वीरेन्द्र हमालले नाटक अभिनयका विविध पक्षमा प्रशिक्षण दिइरहनुभएको छ ।

    कोरोना महामारीले ठप्पप्रायः नाट्यकर्मलाई सावधानीपूर्वक विस्तारै चलायमान बनाउन लागिएको प्रतिष्ठानले जनाएको छ ।

    नेपाली नाट्य क्षेत्रलाई बृहत् बनाउन काठमाडौँ केन्द्रित नाट्यकर्मलाई देशका शहरमा विस्तार गर्ने उद्देश्यले नाटक अभिनय प्रशिक्षणको थालनी गरिएको सूचना अधिकारी वाग्लेले बताउनुभयो । रासस

    प्रकाशित मिति :मंसिर २५ २०७७ बिहिवार - १५:३६:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij