२०८२ चैत्र २ गते सोमवार
ईसीडी शिक्षक तथा कार्यालय सहयोगीलाई केन्द्रीय सरकारले तोकेको तलब सुविधा नछुट्याएको भन्दै नेपाल शिक्षक महासंघ आन्दोलनमा होमिएको छ। भद्रपुर नगरपालिका कार्यालयमा आज मंगलबारदेखि आन्दोलन चर्किएको छ। ईसीडी शिक्षक तथा कार्यालय सहयोगी माग पूरा गराउन धर्नामा बसेका छन्।
नगरपालिकाको आगामी आर्थिक वर्षको बजेटमा ईसीडी शिक्षक तथा कार्यालय सहयोगीलाई दिइने तलबभन्दा धेरै न्यून छुट्याएको भन्दै नेपाल शिक्षक महासंघ भद्रपुर नगर समितिले केही दिनअघि नगरपालिकामा ज्ञापन पत्र बुझाएको थियो । पत्रको वेवास्ता गरेपछि बाध्यात्मक रूपमा धर्नामा बसेको हो । यता केही वकिलले भद्रपुर नगरपालिकाले अत्याचार गरेको र केन्द्रीय सरकारले तोकेको तलब सुविधा नछुट्याएको भन्दै सर्बोच्च अदालतमा मुद्दा हाल्ने तयारी गरेका छन्।
महासंघ भद्रपुर अध्यक्ष गणेश गिरीको नेतृत्वमा नगरका क्रियाशील ६ वटा पेशागत संगठनका प्रतिनिधिसहितको टोलीले आइतबार नगरपालिका गएर उपप्रमुख चन्द्रमाया श्रेष्ठलाई दुई बुँदे आन्दोलनका कार्यक्रमसहित ज्ञापन पत्र बुझाएका थिए ।
महासंघले मंगलबारदेखि असार १८ गतेसम्म नगरपालिका कार्यालयमा दैनिक दुईरदई घण्टा धर्ना दिने जनाएको छ। त्यति गर्दा पनि माग पूरा नभए थप आन्दोलनका कार्यक्रम ल्याइने महासंघले चेतावनी दिएको छ। देशका धेरै नगर र गाउँ पालिकाले ईसीडी शिक्षक तथा कार्यालय सहयोगीलाई सौताको ब्यबहार गरेको र केन्द्रीय सरकारले तोकेको तलब सुविधा दिन अनिवार्य भएको माग गर्दै अदालतमा मुद्दा दायर हुने भएको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij