Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि यातायात व्यवसायीद्वारा तत्काल भाडा समायोजन गर्न माग

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि यातायात व्यवसायीद्वारा तत्काल भाडा समायोजन गर्न माग


  • 1.2K
    Shares

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि यातायात व्यवसायीद्वारा तत्काल भाडा समायोजन गर्न माग

    काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै तत्काल सार्वजनिक यातायातको भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ ।

    नेपाल आयल निगमले जेठ २ गते रातिदेखि लागू हुने गरी डिजेलमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ मूल्य बढाएको भोलिपल्ट महासंघले विज्ञप्ति जारी गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

    महासंघका महासचिव डकनाथ गौतमले जारी गरेको विज्ञप्तिमा सार्वजनिक यातायात पूर्ण रूपमा इन्धनमा निर्भर रहने भएकाले मूल्य घटबढ हुँदा त्यसको प्रत्यक्ष असर व्यवसायमा पर्ने उल्लेख छ । 

    यातायात व्यवस्था विभागले स्वचालित प्रणालीबाट भाडा समायोजन गर्दै आएको भए पनि विगत २०७८ फागुन २२ गतेदेखि भाडा समायोजन नभएको भन्दै महासंघले असन्तुष्टि व्यक्त गरेको छ ।

    महासंघले सवारी साधनसँग सम्बन्धित १३ वटा सूचकहरूलाई आधार मानेर २०६५ सालमा तय गरिएको वैज्ञानिक विधिअनुसार तत्काल भाडा समायोजन गर्न माग गरेको छ ।

    निगमभित्रको आन्तरिक चुहावट र पेट्रोलियम पदार्थको खपतलाई नियन्त्रण गर्दै वैज्ञानिक विधि अपनाएर सहज आपूर्ति व्यवस्था मिलाउन समेत नेपाल सरकारसमक्ष माग गरेका छन् ।

    whatsapp-image-2026-03-16-at-13.08.48_DyoFQUJmYk.jpg

    images
    प्रकाशित मिति :चैत्र २ २०८२ सोमवार - १३:५७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij