Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

साताको तेस्रो कारोबार दिन ४७ अंकले घट्यो नेप्से, लघुवित्त उपसूचकबाहेक सबै उपसूचकमा गिरावट

साताको तेस्रो कारोबार दिन ४७ अंकले घट्यो नेप्से, लघुवित्त उपसूचकबाहेक सबै उपसूचकमा गिरावट


  • 5.2K
    Shares

    साताको तेस्रो कारोबार दिन ४७ अंकले घट्यो नेप्से, लघुवित्त उपसूचकबाहेक सबै उपसूचकमा गिरावट
    images

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा उच्च अंकको गिरावट भएको छ । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ४७.४९ अंकको गिरावट हुँदा २८२८ अंकमा बन्द भएको छ ।

    बजार परिसूचकसँगै कारोबार रकम पनि घटेर डेढ महिनायताकै न्यून रकमको कारोबार भएको छ । आज नेप्सेमा गएको वैशाख ३० गतेयताको न्यून रकमको कारोबार भएको हो ।

    यसअघि, जेठ ३० गते नेप्सेमा अहिलेसम्कै उच्च एकै दिनमा १९ अर्ब ५५ करोडसम्मको कारोबार भएको थियो । त्यसयता नेप्सेमा कारोबार रकम लगातार घटिरहेको छ ।

    आज नेप्सेमा १ करोड ४० लाख ४४ हजार ३८१ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७२ करोड ६३ लाख ६२ हजारको कारोबार भएको छ । आज नेप्सेमा लघुवित्त उपसूचकबाहेक सबै उपसूचकमा गिरावट भएको छ ।

    लघुवित्त उपसूचक ०.५१ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक भने सर्वाधिक ४.११ प्रतिशतले घटेको छ । मौद्रिक नीति नजिकिएसँगै विभिनन हल्लाले गर्दा लघुवित्तमा लगानीकर्ताको आकर्षण देखिए पनि त्यसबाहेकको सबै उपसूचकमा गिरावट भएको हो ।

    आज नेप्सेमा विकास बैंक उपसूचक ३.९५ प्रतिशत, लगानी उपसूचक ३.४३ प्रतिशत, हाइड्रोपावर उपसूचक २.६३ प्रतिशत, अन्य उपसूचक २.३५ प्रतिशत र बजारलाई लिड गर्ने बैंकिङ उपसूचक १.३६ प्रतिशतले वृद्धि भएको छ ।

    आज कारोबार रकममा राधि विद्युत् कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४९ करोड ८३ लाख ३५ हजारको कारोबार हुँदा  नेसनल हाइड्रोपावरको ३६ करोड ७८ लाख ५० हजार र जलविद्युत् लगानी तथा विकास कम्पनीको २९ करोड ६७ लाख ५३ हजारको कारोबार भएको छ ।

    आज नेप्सेमा १८३ कम्पनीको सेयर किनबेच हुँदा १४६ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै, ३५ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

    ओरियन्टल होटेलको सेयर मूल्य सर्वाधिक ५.७६ प्रतिशतले वृद्धि हुँदा  गुराँस लघुवित्तको ४.२५ प्रतिशतले बढेको छ ।

    यता, प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य ८.५५ प्रतिशतले गिरावट हुँदा जलविद्युत् लगानी तथा विकास कम्पनीको सेयर मूल्य ८.०७ प्रतिशत र वेस्ट फाइनान्सको सेयर मूल्य ८.०१ प्रतिशतले घटेको छ ।

    प्रकाशित मिति :आषाढ १५ २०७८ मंगलवार - १५:४७:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij