२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने बिग बास लिगका लागि मंगलवार अष्ट्रेलिया जाने भएका छन् ।
सन्दीपका म्यानेजर रमण सिवाकोटीका अनुसार मंगलवार उनी कतार एयरवेजको बिमान मार्फत नेपाली समय अनुसार बिहान ११ बजे अष्ट्रेलिया प्रस्थान गर्नेछन् ।
बिबिएलमा सन्दीप होर्बट हरीकेन्सबाट खेल्ने भएका छन् । अष्ट्रेलिया पुगेपछि सन्दीप १४ दिन क्वारिन्टाईनमा बस्नेछन् त्यहा उनको पिसिआर परिक्षण हुनेछ ।
पिसिआर रिर्पोट आएपछि मात्र उनी होर्बट हरीकेन्स टोलीसँग जोडिने छन् । बिबिएल आजबाट सुरु भईसकेको छ । यस अवधिमा उनले लिगका सुरुवाती ६ खेलहरु गुमाउनेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij