Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

सेयर बजारको उकालो यात्राको रफ्तार झन् तिब्र हुँदै, यी १२ कम्पनीको मूल्य आकाशियो 

सेयर बजारको उकालो यात्राको रफ्तार झन् तिब्र हुँदै, यी १२ कम्पनीको मूल्य आकाशियो 


  • 9.1K
    Shares

    सेयर बजारको उकालो यात्राको रफ्तार झन् तिब्र हुँदै, यी १२ कम्पनीको मूल्य आकाशियो 

    सेयर बजारले आफ्नो उकालो यात्रा कायमै राखेको छ । आइतबार दोहोरो अंकले बढेको बजारमा आज ५ अंकले बढेको हो ।सूचकसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब ५५ करोड रुपैयाँले बढेको छ ।

    आज सेयर बजार मापक सूचक नेप्से ५।११ अंकले बढेर नेप्से २८७५.४९ विन्दुमा पुगेको छ । आज २१९ कम्पनीको ७ अर्ब ७२ करोड ५५ लाख १२ हजार ७१६ रुपैयाँ बराबरको १ करोड ९२ लाख ८२ हजार ८१५ कित्ता सेयर किनबेच भएका छन् ।

    कारोबारमा आएका १३ वटा समूहमध्ये ६ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ७ समूहको परिसूचक राताम्मे भएका छन् । माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै २।१९ प्रतिशतले बढेको छ भने लगानी समूह पनि २.१४ प्रतिशतले बढेको छ ।आज कारोबारमा आएका २१९ कम्पनीमध्ये ९३ कम्पनीको सेयर मूल्य बढेको छ भने ११३ कम्पनीको मूल्यमा गिरावट आएको छ । १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज माथिल्लो तामाकोशीको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ६७ करोड रुपैयाँको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल इन्स्योरेन्स र राधी विद्युत् कम्पनी समान ५२ करोड बढीको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

    यसअघि बैंक र हाइड्रोमा झुम्मिएका लगानीकर्ता आज माइक्रोफाइनान्सको सेयरमा डाइभर्ट भएका छन् । आज कारोबारमा आएका अधिकांश माइक्रोफाइनान्स कम्पनीको सेयर मूल्य बढेको छ ।

    आज सबैको लघुवित्त कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ८.१७ प्रतिशतले बढेको छ । यस्तै, सिभिल लघुवित्तको ८.०७, एचआइडीसीएल ७.६७, सिटिजन्स म्युचुअल फण्ड-१ को ४.९३, सामुदायिक, मिथिला र आशा लघुवित्तको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    यसैगरी, आरम्भ चौतारी, सपोर्ट, कालिका, लक्ष्मी, किसान लघुवित्त लगायत १ दर्जन कम्पनीको मूल्य ३ प्रतिशतभन्दा धेरैले बढेको छ । बढ्दो बजारमा आज बेस्ट फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ५.४८ प्रतिशत गुमाएका छन् ।

    प्रकाशित मिति :आषाढ १४ २०७८ सोमवार - १७:१०:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij