Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

सेयर बजारको उकालो यात्राको रफ्तार झन् तिब्र हुँदै, यी १२ कम्पनीको मूल्य आकाशियो 

सेयर बजारको उकालो यात्राको रफ्तार झन् तिब्र हुँदै, यी १२ कम्पनीको मूल्य आकाशियो 


  • 9.0K
    Shares

    सेयर बजारको उकालो यात्राको रफ्तार झन् तिब्र हुँदै, यी १२ कम्पनीको मूल्य आकाशियो 
    images

    सेयर बजारले आफ्नो उकालो यात्रा कायमै राखेको छ । आइतबार दोहोरो अंकले बढेको बजारमा आज ५ अंकले बढेको हो ।सूचकसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब ५५ करोड रुपैयाँले बढेको छ ।

    आज सेयर बजार मापक सूचक नेप्से ५।११ अंकले बढेर नेप्से २८७५.४९ विन्दुमा पुगेको छ । आज २१९ कम्पनीको ७ अर्ब ७२ करोड ५५ लाख १२ हजार ७१६ रुपैयाँ बराबरको १ करोड ९२ लाख ८२ हजार ८१५ कित्ता सेयर किनबेच भएका छन् ।

    कारोबारमा आएका १३ वटा समूहमध्ये ६ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ७ समूहको परिसूचक राताम्मे भएका छन् । माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै २।१९ प्रतिशतले बढेको छ भने लगानी समूह पनि २.१४ प्रतिशतले बढेको छ ।आज कारोबारमा आएका २१९ कम्पनीमध्ये ९३ कम्पनीको सेयर मूल्य बढेको छ भने ११३ कम्पनीको मूल्यमा गिरावट आएको छ । १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज माथिल्लो तामाकोशीको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ६७ करोड रुपैयाँको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल इन्स्योरेन्स र राधी विद्युत् कम्पनी समान ५२ करोड बढीको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

    यसअघि बैंक र हाइड्रोमा झुम्मिएका लगानीकर्ता आज माइक्रोफाइनान्सको सेयरमा डाइभर्ट भएका छन् । आज कारोबारमा आएका अधिकांश माइक्रोफाइनान्स कम्पनीको सेयर मूल्य बढेको छ ।

    आज सबैको लघुवित्त कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ८.१७ प्रतिशतले बढेको छ । यस्तै, सिभिल लघुवित्तको ८.०७, एचआइडीसीएल ७.६७, सिटिजन्स म्युचुअल फण्ड-१ को ४.९३, सामुदायिक, मिथिला र आशा लघुवित्तको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    यसैगरी, आरम्भ चौतारी, सपोर्ट, कालिका, लक्ष्मी, किसान लघुवित्त लगायत १ दर्जन कम्पनीको मूल्य ३ प्रतिशतभन्दा धेरैले बढेको छ । बढ्दो बजारमा आज बेस्ट फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ५.४८ प्रतिशत गुमाएका छन् ।

    प्रकाशित मिति :आषाढ १४ २०७८ सोमवार - १७:१०:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij