२०८२ भाद्र १० गते मंगलवार
काठमाडौँ । पूर्व सांसद एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य कमानसिंह लामाको गएराति निधन भएको छ ।
कोरोना संक्रमित लामाको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा लामाको बिहान दुई बजे निधन भएको हो ।
काभ्रेका दिग्गज कम्युनिष्ट नेता लामा विसं २०४८ मा काभ्रेपलाञ्चोक जिल्लाबाट सांसद बनेका थिए भने २०६४ सालमा संविधानसभा सदस्यसमेत रहेका थिए । लामा दक्षिण कोरियाका लागि राजदूतसमेत भएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij