२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । स्थानीय बजारमा बिहीबार पहेँलो धातुको मूल्य प्रतितोला रु ९०० ले ओरालो लागेको छ ।
आज छापावाला सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० तोकिएको छ । बुधबार छापावाला सुन प्रतितोला रु ९३ हजार ४०० मा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुनसमेत प्रतितोला रु ९ सयले ओरालो लागेको छ । बुधबार प्रतितोला रु ९२ हजार ९५० मा कारोवार भएको तेजाबी सुन आज भने प्रतितोला रु ९२ हजार ५० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ।
यस्तै चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेको छ। बुधबार प्रतितोला रु एक हजार २१५ मा कारोवार भएको चाँदी आजका लागि भने प्रतितोला रु एक हजार २ सयमा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij