२०८२ माघ १४ गते बुधवार
काठमाडौँ । गोकर्णेश्वरमा आज बिहान टिपरले ठक्कर दिँदा एक साइकल यात्रीको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका-९ मा पर्ने जगडोलमा बिहान करिब पौने ६ बजेतिर उक्त दुर्घटना भएको हो ।
महानगरीय प्रहरी वृत्त बौद्धले दिएको जानकारी अनुसार बिहान बा ४ ख ८२२९ नम्बरको टिपरले ठक्कर दिँदा साइकलयात्री २६ वर्षीय खुर्बु छिरिङ भोटे गम्भीर घाइते भएका थिए । उनलाइ तत्कालै उपचारका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज लगिएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भयो ।
मृतक संखुवासभा घर भई हाल काठमाडौं महानगरपालिका-६ मा बस्दै आएका थिए । टिपर चालक प्रदीप विक भने रामेछाप घर भई हाल गोकर्णेश्वरको आरूबारीमा बस्दै आएका थिए । चालक ३२ वर्षीय विकलाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij