२०८२ माघ १४ गते बुधवार
कास्की । स्याङ्जामा आज (शुक्रवार) बिहान परेको चट्याङ लागेर १५ वर्षीय किशोरको मृत्यु भएको छ ।
अर्जुनचौपारी गाउँपालिका-२ घडेरीका पूर्णबहादुर गुरुङका छोरा रोहितको मृत्यु भएको स्याङ्जा प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।
उनका अनुसार बिहान ५:३० मा घरमा सुतिरहेको अवस्थामा च्ट्याङ पर्दा मृत्यु भएको हो । मोबाइल चार्जमा राखेर सुतेका रोहित चट्याङबाट करेन्ट लाग्दा मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij