Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

५ वर्षीया भतिजीलाई जबरजस्ती करणी गरेको अभियोगमा काका पक्राउ

५ वर्षीया भतिजीलाई जबरजस्ती करणी गरेको अभियोगमा काका पक्राउ


  • 4.6K
    Shares

    ५ वर्षीया भतिजीलाई जबरजस्ती करणी गरेको अभियोगमा काका पक्राउ

    दमौली । भतिजीलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँमा काका पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–९ का ५३ वर्षीय व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

    पाँच वर्षीया भतिजीलाई जबरजस्ती करणीको अभियोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

    आमा घरमा नभएका बेला उनले बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिविरुद्ध जिल्ला अदालतबाट जबरजस्ती करणीको मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ । रासस

    प्रकाशित मिति :आषाढ १० २०७८ बिहिवार - १३:४५:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij