Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

पोखरा महानगरले बाढी प्रभावित सिन्धुपाल्चोकका दुई स्थानीय तहलाई २० लाख रुपैयाँ सहयोग गर्ने

पोखरा महानगरले बाढी प्रभावित सिन्धुपाल्चोकका दुई स्थानीय तहलाई २० लाख रुपैयाँ सहयोग गर्ने


  • 4.5K
    Shares

    पोखरा महानगरले बाढी प्रभावित सिन्धुपाल्चोकका दुई स्थानीय तहलाई २० लाख रुपैयाँ सहयोग गर्ने

    पोखरा । पोखरा महानगरपालिकाले बाढी र पहिरोबाट प्रभावित सिन्धुपाल्चोकका दुई स्थानीय तहलाई २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

    महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बिहीबार आगामी वर्षको बजेट सार्वजनिक गर्दै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग उपलब्ध गराउने बताएकी हुन् ।

    उपप्रमुख गुरुङले बाढी पहिरोबाट ठूलो क्षति भोगेको सिन्धुपाल्चोकका दुवै स्थानीय तहलाई १०/१० लाख रुपैयाँका दरले सहयोग गर्ने बताइन्  । ‘यो कार्यले कठिन परिस्थितिमा पालिकाहरुबीच सहकार्यको वातावरण बनाउन सहयोग पुग्ने विश्वास लिएको छु,’ उनले भनिन् ।

    पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट ल्याएको छ । बजेटमा कोरोना नियन्त्रण तथा क्रमागत योजनालाई महत्व दिइएको छ ।

     

    प्रकाशित मिति :आषाढ १० २०७८ बिहिवार - १३:२७:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij