Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

स्वीस बैंकमा यसरी खोलिन्छ खाता, संसारभर नै स्वीस बैंकलाई सुरक्षित मान्नुको यो हो मुख्य कारण 

स्वीस बैंकमा यसरी खोलिन्छ खाता, संसारभर नै स्वीस बैंकलाई सुरक्षित मान्नुको यो हो मुख्य कारण 


  • 5.9K
    Shares

    स्वीस बैंकमा यसरी खोलिन्छ खाता, संसारभर नै स्वीस बैंकलाई सुरक्षित मान्नुको यो हो मुख्य कारण 
    images

    काठमाडौँ । संसारभर नै स्वीस बैंकलाई सुरक्षित मानेर विश्वभरका धनाढ्यले त्यहि खाता खोल्नुको कारण भनेकै व्यक्तिगत विवरण कसैलाई नदिनु हो । 

    पछिल्लो विवरण अनुसार सो बैंकमा नेपालीले ४६ अर्ब ६४ करोड ३५ लाख ३१ हजार २५१ बराबर रकम जम्मा गरेको पाइएको छ ।

    सो बैंकमा नेपालीको बचत सन् २०१९ सम्ममा २२ अर्ब ७३ करोड ४० लाख ९९ हजार ८ सय १० रुपैयाँ थियो । सन् २०२० मा त्यो बढेर ४६ अर्ब ६४ करोड ३५ लाख ३१ हजार २ सय ५१ रुपैयाँ बराबर पुगेको छ ।

    सो रकम कसो र कति नेपालीको हो भन्ने बारेमा कुनै विवरण सार्वजनिक छैन । सो बैंकले बचतकर्ताको विवरण गोप्य राख्ने गरेको छ ।

    अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार स्वीस नेशनल बैंकले नेपालसहित विश्वभरका नागरिकको के कति मौज्दात छ भनेर विवरण सार्वजनिक गर्ने गरेको छ ।

    सन् १९९६ देखि २०२० सम्म नेपालीले ६६ अर्ब १९ करोड २६ लाख रुपैयाँ जम्मा गरेका छन् । नेपालीले सो बैंकमा राखेको रकम बेला बेला झिक्ने गरेको पाइएको छ ।

    सो बैंकका के कसरी खाता खोल्न सकिन्छ भन्ने विषय समेत यसमा जोडिएर आउँछ नै । बेला बेलामा सो बैंकमा राखिएको पैसा नेपाल फिर्ता ल्याउने विषयमा समेत चर्चा परिचर्चा हुने गरेको छ ।

    सार्वजनिक खपतका लागि त्यस्ता विषयमा भाषणबाजी गरिन्छ । सम्पत्ति शुद्धिकरणको विषय पनि यसमा जोडिएर आउँछ ।

    कालो धन फिर्ता ल्याउने भनिए पनि काम भने भएको छैन । तर, सो बैंकका के कसरी खाता खोल्न सकिन्छ भन्ने बारेमा यहाँ जानकारी दिने प्रयास गरिएको छ ।

    नेपाल जस्तै, भारतीयको समेत सो बैंकमा ठूलो मात्रामा पैसा गरेको पाइएको छ । सन् २०२० मा २० हजार ७०० करोड भारु बराबर रहेको छ ।

    बेला बेलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत विदेशमा रहेको कालो धन फिर्ता ल्याउने भाषण गरेर निर्वाचन जितेका थिए । तर, उनी प्रधानमन्त्री भएपछि झनै स्वीस बैंकमा पैसा राख्नेको संख्या र मात्रामा गुणात्मक वृद्धि भएको देखिन्छ ।

    सो बैंकका खाता खोल्नका लागि १८ वर्षभन्दा माथिका जो कोही पनि योग्य हुन्छन् ।

    अनलाइन बैंकिङका लागि  इमेल वा बेवसाइटबाट पनि आवेदनका लागि अनुरोध गर्न सकिन्छ । यसरी गरिएको अनुरोधका आधारमा बैंकका एक प्रतिनिधिलाई अर्लट गरिन्छ । ती प्रतिनिधिले खाता खोल्न चाहने व्यक्तिलाई सबै प्रक्रियाका बारेमा गाइड गर्ने व्यवस्था छ ।

    त्यसका लागि भ्यालिड पासपोर्ट दिनु जरुरी हुन्छ । यस्तै, स्वीस बैंकको शाखा भारतमा समेत भएकाले सक्कली पासपोर्ट दिन पनि सकिन्छ । यस्तै, कुन स्रोतबाट आएको पैसा हो, त्यसको समेत जानकारी दिनुपर्छ । त्यो भनेको तपाईंको कमाई नोकरीबाट आएको हो वा व्यापार केबाट कमाई भएको स्पष्ट भन्नुपर्ने प्रावधान हाल राखिएको छ ।

    यस्तै, खातावालाको जानकारी राख्नका लागि एक भेरिफिेकशन पनि आवश्यक रहन्छ । त्यति भएपछि बैंकले भेरिफिकेशन कोड अर्थात् कन्फर्मेशन कोड उपलब्ध गराउँछ ।

    सो बैंकका खाता खोल्नका लागि न्यूनतम १ हजार अमेरिकी डलर आवश्यक पर्दछ । त्यस्तै, अन्तर्राष्ट्रिय रुपमा हुने कारोबारका लागि इन्टरनेशन ट्रान्जिक्सन शुल्क समेत लिन्छ । भारतमा यो बैंकको खाता खोल्नेले अकाउण्ट सञ्चालनका लागि समेत शुल्क तिर्नुपर्दछ । यस्तो शुल्क ५ देखि १० डलर गरेर वार्षिक रुपमा तिर्नुपर्दछ ।

    क्रेडिट कार्ड वा डेविड कार्डका लागि १६ हजार रुपैयाँसम्म तिर्नुपर्दछ । यस्तै, वार्षिक रुपमा मेन्टिनेन्स शुल्कका रुपमा शुल्क लिइन्छ । त्यो शुल्क हरेक कारोबारमा ८० रुपैयाँ बराबर पर्न जान्छ ।

    सो बैंकका खाता खोल्न जाने व्यक्तिको खास पहिचान हुँदैन । बैंकले एउटा निश्चित नम्बर दिन्छ ।

    जस्तै, ‘क’ बहादुर नामको व्यक्तिले सो बैंकका खाता खोल्यो भने बैंकले मिस्टर ८२८५ कुलब्वाई नाम दिन्छ ।

    बैंकमा खास बैंक खातावालाको नाम तथा उसको गोपनीयता भने बैंकसँग मात्रै रहन्छ । जबकी बैंकका अन्य कुनै कर्मचारीले पनि खातावालाको नाम थाहा पाउँदैनन् ।

    सो बैंकका खाता खोल्ने काम आफैमा मुस्किलको काम हो । स्वीट्जरल्याण्डमा नै गएर खाता खोल्नुपर्यो भने १ लाख अमेरिकी डलर आवश्यक पर्दछ । अकाण्ट मेन्टिनेम्सका लागि ३०० अमेरिकी डलर लाग्दछ ।

    प्रकाशित मिति :आषाढ १० २०७८ बिहिवार - १३:१३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij