२०८२ माघ २० गते मंगलवार
बुधबार शेयर बजार परिसूचक, नेप्से ५३.८८ अंकले ओरालो लागेको छ। २९३९ बिन्दुबाट शुरु भएको बजार क्रमशः ओरालो लागेर २८५९.९६ बिन्दुमा पुगेर रोकिएको हो।
बुधबार २१८ कम्पनीको १ करोड ९४ लाख १७ हजार कित्ता शेयर खरीदबिक्री हुँदा ८ अर्ब ३६ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ। आज सूचीकृत सबै समूहको सूचक घटेको छ।
बुधबार राधी विद्युत् कम्पनीको शेयर मूल्य ९.७१ र नाग्दी ग्रुप पावर लिमिटेडको मूल्य ९.०९ प्रतिशतले बढेको छ।
कालिका पावर कम्पनी, नेपाल फाइनान्स लिमिटेड, मञ्जुश्री फाइनान्स, नेपाल हाइड्रो डेभलपर्स लगायत कम्पनीको शेयर मूल्य घटेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij