२०८२ पौष ४ गते शुक्रवार
बुधबार शेयर बजार परिसूचक, नेप्से ५३.८८ अंकले ओरालो लागेको छ। २९३९ बिन्दुबाट शुरु भएको बजार क्रमशः ओरालो लागेर २८५९.९६ बिन्दुमा पुगेर रोकिएको हो।
बुधबार २१८ कम्पनीको १ करोड ९४ लाख १७ हजार कित्ता शेयर खरीदबिक्री हुँदा ८ अर्ब ३६ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ। आज सूचीकृत सबै समूहको सूचक घटेको छ।
बुधबार राधी विद्युत् कम्पनीको शेयर मूल्य ९.७१ र नाग्दी ग्रुप पावर लिमिटेडको मूल्य ९.०९ प्रतिशतले बढेको छ।
कालिका पावर कम्पनी, नेपाल फाइनान्स लिमिटेड, मञ्जुश्री फाइनान्स, नेपाल हाइड्रो डेभलपर्स लगायत कम्पनीको शेयर मूल्य घटेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij