२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । सिन्धुलीमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । कमलामाई नगरपालिका–६, शिखरटोल बस्ने ४६ वर्षीया शान्ता भण्डारी खत्रीको कुटपिटबाट मंगलबार साँझ मृत्यु भएको छ ।
उनकै श्रीमान् रवि खत्रीले गएको जेठ २८ गते कुटपिट गर्दा गम्भीर घाइते भएकी उनको उपचारको लागि पुरानो मेडिकल कलेज चितवन हुँदै बर्दिवास अस्पताल महोत्तरी लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले रविलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij