Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

भारतीय दूतावासको ढोकामा कुर्ने डिआईजीलाई मध्यरातमै पर्यो आपत्, मुख्यसचिवले चलाए कैंची 

भारतीय दूतावासको ढोकामा कुर्ने डिआईजीलाई मध्यरातमै पर्यो आपत्, मुख्यसचिवले चलाए कैंची 


  • 7.1K
    Shares

    भारतीय दूतावासको ढोकामा कुर्ने डिआईजीलाई मध्यरातमै पर्यो आपत्, मुख्यसचिवले चलाए कैंची 

    काठमाडौं । आगामी बैशाखमा सशस्त्र प्रहरीको महानिरीक्षक बन्ने बाटो मुख्यसचिवले रोकिदिए पछि सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) प्रविणकुमार श्रेष्ठको अनिवार्य अवकाश भएको छ । हिजो  रातिबाट उनी अनिवार्य अवकाशमा गएका हुन् । 

    सशस्त्र प्रहरी नियमावली, २०७२ अनुसार चार वर्षे डिआईजीको कार्याकाल पूरा गरेर उनी अनिवार्य अवकाशमा गएका हुन् । चार वर्षे कार्यकाल भए पनि सशस्त्र हेडक्वाटरको सिफारिसमा १ वर्षे कार्यकाल थप गर्न सकिने प्रावधान छ । सोही अनुसार १ वर्ष थप गर्न भन्दै मंगलबार दिनभर प्रयास भए पनि म्याद थप नभएको गृह स्रोतले जानकारी दियो । 

    विभागीय मन्त्री नै नभएकोले म्याद थपका लागि आफूले हस्ताक्षर नगर्ने भन्दै मुख्य सचिव शंकरदास बैरागीले हस्ताक्षर नगरेपछि डिआईजी श्रेष्ठको म्याद थप नभएको गृह स्रोतले  जानकारी दियो ।

    सोमबार बसेको मन्त्रिपरिषद बैठकले पनि डिआईजी श्रेष्ठको म्याद थप गरेको थिएन । त्यसपछि मंगलबार म्याद थपका लागि विभिन्न प्रयास गरिएको भएपनि हुन नसकेको स्रोतको भनाइ छ । योसँगै श्रेष्ठ मंगलबार राति १२ बजेबाट अनिवार्य अवकाशमा गएका छन् । 

    उनी नम्बर ७ बाहिनीका बाहिनीपति थिए। म्याद थप भएको अवस्थामा श्रेष्ठ सशस्त्रको नेतृत्वमासमेत पुग्थे । हालका आइजी शैलेन्द्र खनाल आगामी चैतको अन्तिम साता अवकाशमा गएपछि एक महिना पुष्पराम केसी आइजी बन्ने बाटो खुल्छ। म्याद थप भएको भए केसीपछिको सशस्त्र नेतृत्वमा श्रेष्ठ पुग्थे । उनको योजना चकनाचुर भएको छ । आइजीपी बन्न भारतीय दूताबास छिर्ने गरे पनि श्रेष्ठको प्रयास त्यतिकै खेर गरेको उनी निकटले बताउन थालेका छन् ।

    श्रेष्ठ ०७६ सालको ६ मंसिरमा बा २ झ २३९० नम्बरको सरकारी गाडी लिएर लैनचौरस्थित भारतीय दूतावास पुगेपछि छानविनमा परेका थिए । उनलाई त्यो बेला कारवाही समेत भएको थियो । यद्यपी श्रेष्ठले आफु पारिवारीक कामका लागि दूतावास गएको बताएमा थिए । विरोधीले पदावधी थपको बेला दूतावासको विषयलाई समेत उचालेको उनि निकट स्रोत बताउँछ ।

    प्रकाशित मिति :आषाढ ९ २०७८ बुधवार - १३:०५:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij