Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

दक्षिणकालीमा युवतीको शव फेला, हत्या भएको आंशका

दक्षिणकालीमा युवतीको शव फेला, हत्या भएको आंशका


  • 5.0K
    Shares

    दक्षिणकालीमा  युवतीको शव  फेला, हत्या भएको आंशका

    काठमाडौँ । काठमाडौंको दक्षिणकालीमा एक युवतीको शव फेला परेको छ । दक्षिणकाली मन्दिर क्षेत्रमा सन्तोषी सुब्बा मृत अवस्थामा फेला परेकी हुन् ।

    टाउको क्षतविक्षत र घाँटीमा नीलडाम भएको अवस्थामा उनको शव भेटिएको महानगरीय अपराध महाशाखाका एसपी कृष्ण पंगेनीले बताए ।

    सन्तोषीलाई हत्या गरेर फालिएको हुन सक्ने एसपी पंगेनीले बताए । उनका अनुसार सन्तोषी कालोपुलस्थित धर्मबुवा धर्मबहादुर तामाङसँग बस्दै आएकी थिइन् । सन्तोषी असार ६ गतेदेखि सम्पर्कविहीन थिइन् । उनको हत्या के कारणले भयो भन्ने विषयमा अनुसन्धान भइरहेको एसपी पंगेनीले बताए ।

    सन्तोषीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । घटनाको अपराध महाशाखा, परिसर तथा फर्पिङ प्रहरीले अनुसन्धान गरिरहेको छ।

    प्रकाशित मिति :आषाढ ९ २०७८ बुधवार - १२:२१:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij