Logo

२०८२ चैत्र ५ गते बिहिवार

२०८२ चैत्र ५ गते बिहिवार

अपि पावरको हकप्रद शेयरमा आवेदन दिने समय लम्बियो, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

अपि पावरको हकप्रद शेयरमा आवेदन दिने समय लम्बियो, कहिलेसम्म दिन सकिन्छ आवेदन ?


  • 8.3K
    Shares

    • images
    अपि पावरको हकप्रद शेयरमा आवेदन दिने समय लम्बियो, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

    काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले जेठ २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने समय लम्बाइएको छ ।

    कम्पनीको हकप्रद शेयरमा अब असार १३ गतेसम्म आवेदन दिन सकिनेछ । जेठ २० गतेदेखि बिक्री खुल्ला भएको हकप्रदमा यसअघि असार ९ गते बुधबारसम्म आवेदन दिन सकिने व्यवस्था रहेको थियो ।

    कम्पनीले बैशाख २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुका लागि जेठ २० गतेदेखि १ बराबर ०.२९३८ कित्ता अनुपातमा प्रतिशेयर १०० रूपैयाँ अंकित दरमा ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

    हकप्रदमा मेरो शेयरको वेवसाइट तथा मोबाइल एप तथा अपि पावर कम्पनी लिमिटेडको कैनद्रीय कार्यालय थापाथली, बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल कमलादी, तथा मुक्तिनाथ बैंकका इटहरी, पोखरा, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी र जनकपुरबाट आवेदन दिन सक्नेछन् ।

    कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

    प्रकाशित मिति :आषाढ ९ २०७८ बुधवार - १३:०६:३० बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij