Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

७१ अंकले घट्यो नेप्से, ११ अर्ब ६१ करोड ९० लाखको सेयर कारोबार

७१ अंकले घट्यो नेप्से, ११ अर्ब ६१ करोड ९० लाखको सेयर कारोबार


  • 9.5K
    Shares

    ७१ अंकले घट्यो नेप्से,  ११ अर्ब ६१ करोड ९० लाखको सेयर कारोबार

    काठमाडौँ । सोमबार पनि सेयर बजारमा उच्च अंकको गिरावट भएको छ । आइतबार ६३ अंकले घटेर २ हजार ९ सय ५ विन्दुमा बन्द भएको नेप्से सोमबार करिब ७१ अंकले घटेको छ ।

    यो गिरावटसँगै समग्र नेप्से २ हजार ८ सय ३४.४० विन्दुमा बन्द भएको छ । अघिल्लो दिनको तुलनामा यो करिब २.४५ प्रतिशतले कम हो । सो दिन पनि कारोबारमा आएका सबै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्सेमा दबाब परेको हो ।

    करिब १ लाख ३० हजार ४ सय कारोबारबाट २ सय २७ कम्पनीका २ करोड ३० लाख ११ हजार ८ सय २० कित्ता सेयर किनबेच भए। ती किनबेचबाट ११ अर्ब ६१ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम २० करोड रुपैयाँले कम हो । आइतबार सेयर बजारमा ११ अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

    नेप्से घटेपछि सेयर बजारको आकार कूल बजार पुँजीकरण पनि घटेको छ । गत मंगलबार यता सबै कारोबार दिनमा नेप्से परिसूचक निरन्तर घट्दै आएको छ ।

    प्रकाशित मिति :आषाढ ७ २०७८ सोमवार - १५:३९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij