Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

७१ अंकले घट्यो नेप्से, ११ अर्ब ६१ करोड ९० लाखको सेयर कारोबार

७१ अंकले घट्यो नेप्से, ११ अर्ब ६१ करोड ९० लाखको सेयर कारोबार


  • 9.5K
    Shares

    ७१ अंकले घट्यो नेप्से,  ११ अर्ब ६१ करोड ९० लाखको सेयर कारोबार
    images

    काठमाडौँ । सोमबार पनि सेयर बजारमा उच्च अंकको गिरावट भएको छ । आइतबार ६३ अंकले घटेर २ हजार ९ सय ५ विन्दुमा बन्द भएको नेप्से सोमबार करिब ७१ अंकले घटेको छ ।

    यो गिरावटसँगै समग्र नेप्से २ हजार ८ सय ३४.४० विन्दुमा बन्द भएको छ । अघिल्लो दिनको तुलनामा यो करिब २.४५ प्रतिशतले कम हो । सो दिन पनि कारोबारमा आएका सबै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्सेमा दबाब परेको हो ।

    करिब १ लाख ३० हजार ४ सय कारोबारबाट २ सय २७ कम्पनीका २ करोड ३० लाख ११ हजार ८ सय २० कित्ता सेयर किनबेच भए। ती किनबेचबाट ११ अर्ब ६१ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम २० करोड रुपैयाँले कम हो । आइतबार सेयर बजारमा ११ अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

    नेप्से घटेपछि सेयर बजारको आकार कूल बजार पुँजीकरण पनि घटेको छ । गत मंगलबार यता सबै कारोबार दिनमा नेप्से परिसूचक निरन्तर घट्दै आएको छ ।

    प्रकाशित मिति :आषाढ ७ २०७८ सोमवार - १५:३९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij