Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

कृषि विकास बैंकले ल्यायो नयाँ योजना, कर्जाको हर्जना ब्याजमा शतप्रतिशतसम्म छुट 

कृषि विकास बैंकले ल्यायो नयाँ योजना, कर्जाको हर्जना ब्याजमा शतप्रतिशतसम्म छुट 


  • 19.1K
    Shares

    कृषि विकास बैंकले ल्यायो नयाँ योजना, कर्जाको हर्जना ब्याजमा शतप्रतिशतसम्म छुट 
    images

    काठमाडौं । कृषि विकास बैंकले कर्जाको हर्जना ब्याजमा शतप्रतिशतसम्म छुटको सुविधा दिने भएको छ । बैकले कर्जाको प्रकृति हेरेर कम प्रभावितलाई कम र बढी प्रभावितलाई बढी हर्जना ब्याजमा छुट दिन लागेको हो ।

    बैंकले पर्यटन व्यवसायअन्तर्गत होटललगायतका व्यवसायमा लिएको कर्जाको हर्जना ब्याजमा शतप्रतिश छुट दिने व्यवस्था गरेको कृषि विकास बैंकका प्रवक्ता हिमलाल पौडेलले जानकारी दिए ।

    ‘कर्जाको प्रकृति हेरेर बढी प्रभावितलाई बढी र कम प्रभावितलाई कम छुटको व्यवस्था गरेका छौं,’ उनले भने ‘न्यूनतम ५०%देखि ७५ प्रतिशत हुँदै १०० %सम्म ब्याज हर्जनामा छुट दिइएको छ ।’

    बैंकले कोभिड महामारकिो यो विषम परिस्थितिलाई मध्येनजर गर्दै यस बैंकबाट कर्जा सुविधा लिई कारोबार गरिरहेका आम कर्जा ग्राहकहरूलाई यस्तो सुविधा उपलब्ध गराएको हो । उक्त अवसरको सदुपयोग गरी लाभांन्वित हुन आम कर्जाग्राहक महानुभावहरुलाई बैंकले अनुरोध गरेको छ ।

    बैंकले ल्याएको यो छुट २०७८ असार मसान्त भित्र यथाशिघ्र सम्पर्क गरी अवसरको सदुपयोग गर्नु हुनु समेत बैंकले अनुरोध गरेको छ । साथै पुराना कर्जाको राफसाफ गर्न ल्याएको योजना पनि यथावत राखेको बैंकले जानकारी दिएको छ । 

    प्रकाशित मिति :आषाढ ७ २०७८ सोमवार - १५:०५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij