Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

कोरोना पुष्टि भएपछि परिवारको जिम्मा लगाइएका लागूऔषध मुद्दाका अभियुक्तले गरे आत्महत्या

कोरोना पुष्टि भएपछि परिवारको जिम्मा लगाइएका लागूऔषध मुद्दाका अभियुक्तले गरे आत्महत्या


  • 5.1K
    Shares

    कोरोना पुष्टि भएपछि परिवारको जिम्मा लगाइएका लागूऔषध मुद्दाका अभियुक्तले गरे आत्महत्या
    images

    विराटनगर । कोरोना संक्रमण पुष्टि भएपछि परिवारको जिम्मा लगाएर पठाइएका लागूऔषध मुद्दाका एक अभियुक्तले विराटनगरमा आत्महत्या गरेका छन् ।

    विराटनगर महानगरपालिका–१३ का २८ वर्षीय वीरनारायण यादव आइतबार राति आफ्नै घरको पंखामा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । उनका अनुसार झुण्डिएको अवस्थामा देखेपछि परिवारका सदस्यले डोरी काटेर उपचारका लागि कोसी अस्पताल ल्याएको खुलेको छ ।

    अस्पताल ल्याइसकेपछि चिकित्सकले मृत घोषित गरेको डीएसपी राईले बताए । उनका अनुसार कोरोना संक्रमण तीव्र रूपमा फैलिरहेको भारतको जोगवनी बजारबाट लागूऔषध लिएर आउँदै गर्दा नेपाल–भारत सीमानजिक विराटनगर–१६ बाट यादव गत वैशाख २७ गते राति पक्राउ परेका थिए । 

    यादवलाई नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले लागूऔषध स्पास्कोर भोन–प्लस ४८ चक्की, नाइट्राभेट ५८ चक्की र डाइलेक्स डिसी १० बोतलसहित पक्राउ गरेको थियो । खुट्टामा टेपले बाँधेर ल्याएको लागूऔषधसहित पक्राउ परेका यादवविरुद्ध इलाका प्रहरी कार्यालय रानीले लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान थाल्यो । 

    त्यस क्रममा पीसीआर परीक्षण गराउँदा उनको रिपोर्ट पोजेटिभ आइदियो । पीसीआर रिपोर्ट पोजेटिभ आएर कोरोना संक्रमण भएपछि यादवलाई जिल्ला अदालत मोरङले पछि उपस्थित गराउने शर्तमा परिवारका सदस्यको जिम्मा लगाएर पठाउन प्रहरीलाई आदेश दिएको थियो । 

    संक्रमणमुक्त भएपछि लागूऔषध मुद्दामा कारबाही अघि बढाउन प्रहरीको जिम्मा लगाउने गरी गत जेठ ८ गते उनलाई परिवारका सदस्यको जिम्मा लगाएर पठाइएको हो । संक्रमणमुक्त नभएसम्मलाई ‘होम आइसोलेसन’मा राख्ने गरी परिवारका सदस्यले जिम्मा लिएर गएका यादवले भने घरमै झुण्डिएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी राईले बताए । 

     

     

    प्रकाशित मिति :आषाढ ७ २०७८ सोमवार - ११:२५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij