Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु


  • 8.8K
    Shares

    टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

    पोखरा । बाग्लुङ सडकखण्डमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा पर्वतको भुकताङले बस्ने ३२ वर्षीय विनोद मल्ल र अर्का अन्दाजी ४४/४५ वर्षीय पुरुष छन् । उनको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    पर्वतबाट पोखरातर्फ आउँदै गरेको प्रदेश नं ३–०१–००३ क ५१७३ नम्बरको टिपरले पोखराबाट पर्वत जाँदै गरेको ग२०प ६०३० नम्बरको मोटरसाइकललाई आइतबार साँझ कास्कीको अन्नपूर्ण गाउँपालिका–३ स्थित पोखरा–बाग्लुङ सडकखण्डको लक्ष्मीदेउराली पत्थरढुङ्गामा ठक्कर दिँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

    दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार दुवैजनालाई उपचारका लागि पोखरा लगिएको थियो । उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    टिपर चालक सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१० बस्ने २५ वर्षीय सुरेश माझीलाई प्रहरीले पक्राउ गरेको छ । रासस

    प्रकाशित मिति :आषाढ ७ २०७८ सोमवार - १०:१०:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij