Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

फुडमाण्डुको सर्भर ह्याक गर्ने १९ वर्षीय तिवारी पक्राउ

फुडमाण्डुको सर्भर ह्याक गर्ने १९ वर्षीय तिवारी पक्राउ


  • 6.6K
    Shares

    • images
    फुडमाण्डुको सर्भर ह्याक गर्ने १९ वर्षीय तिवारी पक्राउ
    images

    नेपाल प्रहरीको साइबर अनुसन्धान ब्युरोले सर्भर ह्याक गरेर सामाजिक सञ्जालमा सूचना सार्वजनिक गर्ने एक जनालाई पक्राउ गरेको छ । 

    काठमाडौंस्थित फुडमाण्डुको सर्भर ह्याक गरे सामाजिक सञ्जालमा सूचना सार्वजनिक गरेको अभियोगमा १९ वर्षीय दिनेश तिवारीलाई साइबर ब्युरोले पक्राउ गरेको हो । 

    साइबर ब्युरोका एसएसपी नवीन अर्यालका अनुसार फुडमाण्डुले दिएको उजुरीपछि अदालतबाट अनुमति दिएर हिजो बेलुका काठमाडौंबाट पक्राउ गरिएको हो । 

    फुडमाण्डुले आफ्नो सर्भर ह्याक गरी त्यहाँभित्रका व्यक्तिगत सूचना सामाजिक सञ्जालमा सार्वजनिक गरेको भन्दै अनुसन्धानका लागि साइबर ब्युरोमा उजुरी दिएको थियो । पक्राउ परेका तिवारीमाथि अनुसन्धान भइरहेको एसएसपी अर्यालले जानकारी दिए ।

    प्रकाशित मिति :मंसिर २४ २०७७ बुधवार - १३:२८:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij