Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

नेप्सेमा ६३.११ अंकको गिरावट, ११ अर्ब ८१ करोड ९४ लाख बराबरको कारोबार

नेप्सेमा ६३.११ अंकको गिरावट, ११ अर्ब ८१ करोड ९४ लाख बराबरको कारोबार


  • 6.5K
    Shares

    नेप्सेमा ६३.११ अंकको गिरावट, ११ अर्ब ८१ करोड ९४ लाख बराबरको कारोबार
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज आइतबार ६३ दशमलब ११ अंकको गिरावट आएको छ । यससंगै नेप्से २ हजार ९ सय ५ दशमलब ३२ विन्दुमा थामिएको छ । आज ११ अर्ब ८१ करोड ९४ लाख बराबरको कारोबार भएको हो । 

    आज ५ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि आएको छ । जसमा गुराँस फाइनान्स लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक, नेशनल हाइड्रोपावर लिमिटेड, रु रु जलविद्युत परियोजना र तारागाउँ रिजेन्सी लिमिटेड रहेका छन् ।  

    आज १७५ वटा कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ । तीन वटा कम्पनीको शेयरमूल्यमा कुनै परिवर्तन भएन । आजको कारोबारको सर्वाधिक गुमाएने कम्पनीमा य’नियन हाइड्रोपावर लिमिटेर रहेको छ भने सबै भन्दा धेरै नेपाल रि इन्स्योरेन्स कम्पनीको रहेको छ । 

    नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नाम सूचीसहित शेयर बजार अस्वभाविक रुपले बढेकोले सजग रहन लगानीकर्ताहरुलाई सार्वजनिक आव्हान गरेसंगै बजार घट्नेक्रम जारी छ । 

    सेबोनले सूचना जारी गरेको दोस्रादिनसम्म पनि खासै ठुलो नकारात्मक प्रभाव नदेखिएको शेयर बजारमा साताको पहिलो दिन आज आइतबार उच्च गिरावट देखिएको छ ।  

    प्रकाशित मिति :आषाढ ६ २०७८ आइतवार - १५:४५:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij