Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जना पक्राउ

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जना पक्राउ


  • 4.3K
    Shares

    प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने  एक जना पक्राउ
    images

    सिन्धुली । सिन्धुलीमा प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जना पक्राउ परेका छन् ।

    गोलन्जोर गाउँपालिका-७ खुर्कोट बजारस्थित चेकपोष्टमा ड्यूटीमा खटिएको प्रहरीलाई नगद १ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा महोत्तरी, बर्दिबास नगरपालिका-१० बस्ने २० वर्षीय अभिषेक परियारलाई आइतवार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    ईटहरीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ४३०९ नम्बरको हाईस गाडीलाई प्रहरीले काठमाडौं जाने अनुमतिपत्र माग्दा गाडीका सहचालक परियारले उक्त नगद दिई आर्थिक प्रलोभनमा पार्न खोजेपश्चात प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रकाशित मिति :आषाढ ६ २०७८ आइतवार - १३:४३:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij