Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

भीरबाट लडेर घाइते भएकी बालिकाको पाँच दिनपछि हेलिकोप्टरमार्फत् उद्धार  

भीरबाट लडेर घाइते भएकी बालिकाको पाँच दिनपछि हेलिकोप्टरमार्फत् उद्धार  


  • 4.2K
    Shares

    भीरबाट लडेर घाइते भएकी बालिकाको पाँच दिनपछि हेलिकोप्टरमार्फत् उद्धार  

    बाजुरा । भीरबाट लडेर घाइते भएकी बूढीनन्दा नगरपालिका-१ कि १६ वर्षीया ललिता गिरीको पाँच दिनपछि हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ ।

    प्रतिकूल मौसमका कारणले चार दिनदेखि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट किशोरीको थप उपचारका लागि काठमाडौं लग्ने तयारी भए पनि उद्धार हुन नसकेकी बालिकाको आइतबार बिहान मनाङ एयरको हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले बताए ।

    आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेशले किशोरीलाई उद्धारका लागि हेलिकोप्टर पठाएको बताइएको छ । गाउँ नजिकै रहेको रुपासैनी भीरमा घाँस काटिरहेको बेला बुधबार साँझ लडेर ललिता गम्भीर घाइते भएकी थिइन् । उनलाई तत्काल आफन्तले बोकेर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याएका थिए । रासस 

    प्रकाशित मिति :आषाढ ६ २०७८ आइतवार - १२:२९:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij