२०८२ कार्तिक १९ गते बुधवार
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० झलारी बजारस्थित ऐला आयुर्वेदाका सञ्चालक अन्दाजी ४२ वर्षीय रामबहादुर साउदको सडक दुर्घटनामा शनिबार साँझ मृत्यु भएको छ ।
कैलालीको धनगढीबाट घर फर्कने क्रममा साउदले चढेको से१क ६८२ नम्बरको मोटरसाइकललाई म१ब ९६६८ नम्बरको टिपरले ठक्कर दिँदा उनी सख्त घाइते भएका थिए ।
तत्कालै उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पतालमा पुर्याइए पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij