Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

जगदम्बा स्टिलमा आगलागी हुँदा २ भारतीय मजदुरको मृत्यु, ४ घाइते

जगदम्बा स्टिलमा आगलागी हुँदा २ भारतीय मजदुरको मृत्यु, ४ घाइते


  • 5.0K
    Shares

    जगदम्बा स्टिलमा आगलागी हुँदा २ भारतीय मजदुरको मृत्यु, ४ घाइते
    images

    बारा । बाराको सिमरा स्थित जगदम्बा स्टिल प्रा.लिमा शनिबार बेलुकी आगलागी हुँदा दुई भारतीय मजदुरको मृत्यू भएको छ भने चार मजदुर घाइते भएका छन् ।

    उद्योगमा रहेको फर्निस आयलको ट्याङ्की माथि वेल्डिङ्ग गर्ने क्रममा बेलुकी साँढे सात बजे आगलागी भएको हो । आगलागीमा परी दुई मजदुरको घटना स्थल मैं मृत्यू भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले बताए । दुई वटा वरूणयन्त्रको सहयोगमा एक घण्टा पछि आगो नियन्त्रणमा लिएको उनले जानकारी दिएका छन् ।

    मृत्यु हुनेमा भारतको बिहार स्थित पश्चिम चम्पारण घर भएका ४० वर्षीय प्रदिप गौण र बिहार कै सिवान जिल्लाका ४५ वर्षीय रामनाथ महतो रहेका छन् ।

    घाइते हुनेहरूमा राजकुमार विक , इन्द्रप्रसाद अधिकारी , नवराज चौलागाईं र अवधेस कुश्वाहा रहेका छन् । उनीहरुको सिमरा स्थित तराई सिमरा अस्पतालमा उपचार भइरहेकोमा गम्भीर अवस्था रहेका विकलाई वीरगंजको वयोधा अस्पतालमा रिफर गरिएको छ ।

    यस उद्योगमा यस्ता खालका घटनाहरू पटक पटक हुँदै आएका छन् । केही समय अगाडी पनि कवाड गलाउने भट्टी विस्फोट हुँदा एक मजदुरको मृत्यु भएको थियो भने दुई घाईते भएका थिए ।

    उद्योगको लापरवाहीका कारण मजदुरहरूको मृत्यु हुने गरकोले स्थानीयहरुमा त्रास बढ्ने गरेको छ । सिमरामा कवाड गलाउने भट्टी बन्द गराउन स्थानीयले पटक पटक दवाब दिए पनि उद्योगले अटेरी गर्दै आएको छ ।

    प्रकाशित मिति :आषाढ ६ २०७८ आइतवार - १२:१०:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij