Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

कांग्रेसले सहमति तोडेको भन्दै गण्डकीमा जसपाले दियो समर्थन फिर्ताको चेतावनी

कांग्रेसले सहमति तोडेको भन्दै गण्डकीमा जसपाले दियो समर्थन फिर्ताको चेतावनी


  • 7.1K
    Shares

    कांग्रेसले सहमति तोडेको भन्दै गण्डकीमा जसपाले दियो समर्थन फिर्ताको चेतावनी

    पोखरा । गण्डकी प्रदेशमा कांग्रेसले अर्थ मन्त्रालय आफैं राख्न खोजेपछि सरकार बनाउँदाको गठबन्धनमा दरार आएको छ ।

    जनता समाजवादी पार्टी (जसपा)ले सहमति अनुसार मन्त्रालय नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्मको चेतावनी दिएको छ । २ सभासद भएको जसपासँग कांग्रेसले अर्थसहित २ मन्त्री दिने सहमति गरेको थियो ।

    जसपाले अडान नछाडेपछि गण्डकी सरकारको मन्त्रीपरिषद् विस्तार र जिम्मेवारी बाँडफाँडको लागि बसेको बैठक निस्कर्षविहीन बनेको छ । जसपाले शुक्रबार विश्वासको मत लिएपछि कांग्रेसले सहमति तोडेको आरोप लगाएको छ । 

    माओवादी केन्द्रले पनि अर्थ मन्त्रालयमा दावी गर्दै आएको छ । तर, भौतिक पुर्वाधार भए पनि माओवादी चित्त बुझाउने पक्षमा रहेको स्रोतले जनाएको छ । तर भौतिकमा स्वतन्त्र सांसद दीपक मनाङेको पनि दावीले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली अप्ठ्यारोमा परेका छन् ।

    गण्डकीमा ११ वटा मन्त्रालयमध्ये कांग्रेस र माओवादी केन्द्रले ४/४ जसपा २ र एउटा मन्त्रालय मनाङेलाई दिने सहमति छ । २ सिट भएको र गठबन्धनलाई सघाएको जनमोर्चाले भने सरकारमा नजाने घोषणा गरिसकेको छ ।

    मुख्यमन्त्री कृष्णचन्द्र नेपाली असहमतिकै बीच आज काठमाडौ हिंड्दै छ्न् । केन्द्रीय तहमा कुरा गरेर भागबण्डा टुंगोमा पुर्‍याउने सोच उनले बनाएको स्रोतले जनाएको छ ।

    कांग्रेसमै कसलाई मन्त्री बनाउने भन्नेमा पनि सहमती जुटिसकेको छैन । माओवादी केन्द्रका सबै सभासद मन्त्रीका आकांक्षी देखिएका छन् । माओवादीमा पनि केन्द्रकै निर्णयले मन्त्री टुंगो लाग्ने अवस्था सिर्जना भएको छ ।

    प्रकाशित मिति :आषाढ ६ २०७८ आइतवार - १०:२४:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij