२०८३ कार्तिक १९ गते बिहिवार
काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा एआईजी मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई प्रहरी संगठनको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको हो। केसी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत छन्।
मन्त्रिपरिषद् स्रोतका अनुसार हालका आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ।
यसअघि पनि सरकारले विभिन्न आईजीपीलाई कार्यकाल पूरा नहुँदै हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो। प्रहरी नेतृत्व परिवर्तनका क्रममा यसअघि अच्युतकृष्ण खरेल, ध्रुवबहादुर प्रधान, रमेश चन्द ठकुरी र रविन्द्रप्रताप शाहबीच पनि यस्तै घटनाक्रम देखिएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij