Logo

२०८३ कार्तिक १९ गते बिहिवार

२०८३ कार्तिक १९ गते बिहिवार

तिहारका लागि राष्ट्र बैंकले सुनको असर्फी र चाँदीका मेडालियन बेच्ने

तिहारका लागि राष्ट्र बैंकले सुनको असर्फी र चाँदीका मेडालियन बेच्ने


  • 442
    Shares

    तिहारका लागि राष्ट्र बैंकले सुनको असर्फी र चाँदीका मेडालियन बेच्ने
    images

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले तिहार पर्वको अवसरमा सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्ने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले बबरमहलस्थित कार्यालयबाट  कात्तिक १९ र २० गते सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्न लागेको हो ।

    महाशाखाले बुधबार जारी गरेको अनुसार प्रतिव्यक्ति २५ ग्रामको सुनको असर्फी एक थान र १० ग्रामका चाँदीका मेडालियन (लक्ष्मी र गणेश अंकित) एक-एक थानका दरले बढीमा दुई थान बिक्री गरिनेछ ।

    असर्फी तथा मेडालियन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मौज्दात कायम रहेसम्म पङ्क्तिबद्ध सेवाग्राहीलाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।

    खरिद गर्न चाहनेले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा उक्त कागजातको नम्बर उल्लेख भएको अन्य कुनै प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ । खरिदको भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिनेछ ।

    असर्फी तथा मेडालियनको मूल्य दैनिक बिहान करिब ११ बजेपछि निर्धारण हुने भएकाले मूल्य निर्धारण भएपछि मात्रै बिक्री सुरु हुने राष्ट्र बैंकले जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक १८ २०८३ बुधवार - १३:४२:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij