२०८३ कार्तिक १९ गते बिहिवार
काठमाडौं । झापाको बिर्तामोडस्थित भद्रपुर रोडमा आगलागी भएको छ। सिद्धार्थ होटल नजिकै धौलागिरि पारिजात सहकारी रहेको घरको पूर्वपट्टिको घरमा आगो लागेको हो ।
विर्तामोड बजारको मुख्य बजारमा आगोलागी भएपछि नियन्त्रणको प्रयास जारी रहेको छ । आगो निभाउन विर्तामोड र भद्रपुर नगरपालिकाका दमकल घटना स्थलमा पुगेका छन् ।
नेपाल प्रहरी र शसस्त्र प्रहरीले आगो निभाउने प्रयास जारी राखेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीबाट थप क्षति हुन नदिन सुरक्षाकर्मी तथा स्थानीयले गोदामभित्र रहेका सामान तथा सामग्रीहरू सुरक्षित स्थानतर्फ निकाल्ने कार्य तीव्र पारेका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij