Logo

२०८३ कार्तिक १५ गते आइतवार

२०८३ कार्तिक १५ गते आइतवार

शुक्लाफाँटाका हात्तीमा अब ‘रेडियो कलर’

शुक्लाफाँटाका हात्तीमा अब ‘रेडियो कलर’


  • 120
    Shares

    शुक्लाफाँटाका हात्तीमा अब ‘रेडियो कलर’
    images

     काठमाडौं । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लामो समयदेखि बस्तीमा प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पुर्‍याउँदै आएका जंगली हात्तीको निगरानीका लागि ‘रेडियो कलर’ जडान प्रक्रिया अघि बढाइने भएको छ ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई रेडियो कलर जडान कार्य अगाडि बढाउन निर्देशन दिएको हो ।

    जंगली हात्तीको आवतजावत सम्बन्धी सूचना संकलन गरी मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि रेडियो कलर व्यवस्थापन गर्न अनुरोध गरिएको छ ।

    रेडियो कलरबाट प्राप्त तथ्यांकको नियमित अनुगमन तथा विश्लेषण गरी हात्ती आवागमन र बस्ती प्रवेश गर्न सक्ने सम्भावित जोखिम पूर्वानुमान गर्ने विभागको उद्देश्य छ ।

    कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रेडियो कलरबाट प्राप्त तथ्यांक नियमित अनुगमन तथा विश्लेषण गरी हात्ती आवागमन र बस्ती प्रवेश गर्न सक्ने सम्भावित जोखिम पूर्वानुमान गर्न सकिने बताए ।

    यसबाट स्थानीय समुदायलाई समयमै सचेत गराउन तथा मानवीय क्षति, बालीनाली र भौतिक सम्पत्तिमा हुने नोक्सानी न्यूनीकरण गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

    रेडियो कलर जडान गर्दा निकुञ्जका वरिष्ठ संरक्षण अधिकृतको प्रत्यक्ष सुपरिवेक्षणमा पशु चिकित्सक सहित प्राविधिक टोलीको समन्वयमा काम गरिने मन्त्री चौधरीले बताइन् ।

    उनले हात्तीको सुरक्षालाई प्राथमिकता दिँदै वैज्ञानिक विधिबाट रेडियो कलर जडान गर्नुका साथै त्यसपछिको नियमित अनुगमन समेत गरिने जानकारी दिइन् ।

    प्रकाशित मिति :कार्तिक १५ २०८३ आइतवार - १४:०४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij