Logo

२०८३ कार्तिक १५ गते आइतवार

२०८३ कार्तिक १५ गते आइतवार

बारामा गोली लागेका किशोरलाई काठमाडौं ल्याइयो

बारामा गोली लागेका किशोरलाई काठमाडौं ल्याइयो


  • 351
    Shares

    बारामा गोली लागेका किशोरलाई काठमाडौं ल्याइयो
    images

    काठमाडौ । बारामा प्रहरीको गोली लागेर घाइते भएका आदित्य पासवानलाई काठमाडौं ल्याइएको छ । 

    शनिवार अस्पताल उद्घाटनको विषयमा बाराको फेटा गाउँपालिकामा झडप हुँदा १६ वर्षीय किशोर पासवान घाइते भएका थिए । सुरुमा उनलाई वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार गरिएको थियो ।

    नेशनल मेडिकल कलेजले रिफर गरेपछि उनलाई सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको बाराका एसपी नरेन्द्र कुँवरले बताएका छन् ।  पासवानलाई काठमाडौं ल्याइएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।  

    घटना छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयका एसएसपी प्रभु ढकालको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको छ । 


    प्रकाशित मिति :कार्तिक १५ २०८३ आइतवार - १३:१६:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij