Logo

२०८३ कार्तिक १२ गते बिहिवार

२०८३ कार्तिक १२ गते बिहिवार

कामना सेवा विकास बैंकले देशभर वृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने

कामना सेवा विकास बैंकले देशभर वृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने


  • 141
    Shares

    कामना सेवा विकास बैंकले देशभर वृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने
    images

    काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा देशभर वृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । बैंकको विभिन्न क्षेत्रिय कार्यालय तथा शाखा कार्यालयहरुमा उक्त रक्तदान कार्यक्रम हुने बैंकले जनाएको छ ।

    कोशी प्रदेशको विराटनगरमा कार्तिक १५ गते, काठमाडौंको ज्ञानेश्वर स्थित केन्द्रीय कार्यालय, मधेश प्रदेशको वर्दिवास, नारायणगढ क्षेत्रको कावासोती, पोखराको न्युरोड, वुटवल क्षेत्रको वुटवल, पश्चिम क्षेत्रको घोराही र महेन्द्रनगरमा कार्तिक १८ गते वृहत् रक्तदान कार्यक्रम गर्न लागिएको हो ।

    काठमाडौं उपत्यका लगायतका देशका विभिन्न शहरहरुमा देखिएको रगत अभावलाई मध्यनजर गर्दै उक्त रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको बैंकले जनाएको छ । बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।

    बैंकले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा छैठौं अन्तर बैंक तथा वित्तीय संस्था स्तरिय फुटसल प्रतियोगिता समेत आयोजना गर्दैछ । कार्तिक १४ र १५ गते काठमाडौंको धन्यन्तरी फुटसल कोर्टमा हुने उक्त फुटसल प्रतियोगितामा आर्थिक पत्रकारहरुको संगठन सेजन, नाफिज र इमान लगायत अन्य ३० वटा बैंक तथा वित्तीय संस्थाहरुका टिमहरुको सहभागीता रहेको छ ।

    प्रकाशित मिति :कार्तिक १२ २०८३ बिहिवार - १७:१५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij