२०८३ कार्तिक १० गते मंगलवार
काठमाडौं । गत साउन १ गते आर्थिक वर्ष सुरु भएदेखि आजसम्म ४ सचिवसहित ४६४ कर्मचारीले राजीनामा दिएका छन् । राष्ट्रिय किताबखाना (निजामती)ले दिएको जानकारी अनुसार राजपत्राङ्कित र राजपत्र अनङ्कित गरी त्यति कर्मचारीले राजीनामा दिएका हुन्।
किताबखानाका निर्देशक तथा सूचना अधिकारी सुदन ख्वाखली श्रेष्ठका अनुसार राजपत्राङ्कित २०७ जना र अनङ्कित २५७ कर्मचारीले पदबाट राजीनामा दिएका हुन्। किताबखानाका अनुसार राजीनामा दिने राजपत्राङ्कित कर्मचारीमा ४ सचिव, ३३ सहसचिव, ७२ उपसचिव र ९८ शाखा अधिकृत तहका कर्मचारी छन्।
त्यस्तै राजीनामा दिन राजपत्र अनङ्कित कर्मचारीमा १३७ जना खरदार तथा नायब सुब्बा तहका कर्मचारी छन् । त्यस्तै १२० जना श्रेणीविहीन कर्मचारी छन्।
सरकारले प्रतिनिधि सभामा दर्ता गरेको निजामती कर्मचारी विधेयकमा विधेयक कार्यान्वयनमा आउने बेलामा पहिलो पटक ३० वर्ष सेवा अवधि पुगेको वा ५५ वर्ष पुगेका कर्मचारीले राजीनामा दिनु पर्ने व्यवस्था राखिएपछि कर्मचारीहरूले धमाधम राजीनामा दिएका हुन् । तर, राजीनामा दिने कर्मचारीले राजीनामा पत्रमा भने घरायसी कारण भनेका पनि किताबखानाले जनाएको छ।
किताबखानाका अनुसार यी कर्मचारीहरूको राजीनामा सरकारले स्वीकृत गरिसकेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij