Logo

२०८३ कार्तिक १० गते मंगलवार

२०८३ कार्तिक १० गते मंगलवार

‘अर्णव’ चक्रवातको असरबारे मौसम महाशाखाको यस्तो पूर्वानुमान (भिडिओ)

‘अर्णव’ चक्रवातको असरबारे मौसम महाशाखाको यस्तो पूर्वानुमान (भिडिओ)


  • 379
    Shares

    ‘अर्णव’ चक्रवातको असरबारे मौसम महाशाखाको यस्तो पूर्वानुमान  (भिडिओ)
    images

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले ‘अर्णव’ चक्रवातको असर नेपालमा केही कमजोर हुनसक्ने अनुमान सार्वजनिक गरेको छ। 

    मंगलबार बिहान पाँच दिनको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले अहिले बंगालको खाडीमा रहेको ‘अर्णव’ चक्रवातको प्रभाव शक्तिशाली देखिए पनि बिहीबारसम्म नेपाल आइपुग्दा त्यो केही कमजोर बन्न सक्ने जनाएको हो। 

    महाशाखाकी मौसमविद् विभुति पोखरेलले आज र भोलि भने नेपालको मौसम मुख्यतया सफा सफा रहने बताइन्। 

    ‘अर्णव’ चक्रवात यतिबेला बंगालको खाडी क्षेत्रमा छ,’ उनले भनिन्, ‘त्यहाँ अहिले यो चक्रवात धेरै शक्तिशाली देखिन्छ। भोलिदेखि अर्णव भारतको भिशाखापटनम हुँदै जमिनी क्षेत्रमा प्रवेश गर्ने अनुमान छ।’

    त्यसपछि चक्रवात बिस्तारै उत्तर पश्चिम दिशा हुँदै नेपालतिर प्रवेश गर्ने उनले बताइन्। 

    ‘यो चक्रवात नेपालमा प्रवेश गर्दा केही कमजोर हुने अनुमान हाम्रो छ,’ उनले भनिन्, ‘तर यसको बाटो नेपालतिर देखिएकाले सतर्कता अपनाउनु पर्ने हुन्छ। बिहीबार, शुक्रबार र शनिबारको लागि सतर्कता बढी जरुरी छ।’

    भिडिओ

    तराई क्षेत्रमा भन्दा पनि उच्च पहाडी र हिमाली भूभागमा सकर्तकता बढी अपनाउनु पर्ने उनले बताइन्। 

    ‘यो चक्रवातको कारण नेपालका धेरै स्थानमा हल्का र केही ठाउँमा भारी वर्षा हुन सक्ने देखिन्छ, हिमाली क्षेत्रमा भने भारी हिमपात हुनसक्छ, हिमाली क्षेत्रमा गएका पदयात्रीले बढी सतर्क हुनुपर्ने देखिन्छ।’

    यतिबेला किसानले धान भित्र्याउने समय भएकाले मध्यमसम्मको वर्षाले पनि धान बालीमा असर गर्न सक्ने मौसमविद्ले बताएका छन्। उनीहरूले बिहीबारभन्दा अघि नै काटिसकेको धानबाली भित्र्याउन र धान काट्ने काम केही दिन पर सार्न आग्रह गरेका छन्। 

    प्रकाशित मिति :कार्तिक १० २०८३ मंगलवार - १३:२२:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij