Logo

२०८३ कार्तिक १० गते मंगलवार

२०८३ कार्तिक १० गते मंगलवार

कुरिनटारमा ट्रक, बस र माइक्रो आपसमा ठोक्किए, ११ घाइते, बाटो पूर्ण रूपमा अवरुद्ध

कुरिनटारमा ट्रक, बस र माइक्रो आपसमा ठोक्किए, ११ घाइते, बाटो पूर्ण रूपमा अवरुद्ध


  • 428
    Shares

    कुरिनटारमा ट्रक, बस र माइक्रो आपसमा ठोक्किए, ११ घाइते, बाटो पूर्ण रूपमा अवरुद्ध
    images

    काठमाडौं ।  चितवनको ईच्छाकामना–४ धारापानी स्थित पृथ्वी लोकमार्गमा ट्रक, बस र माइक्रो  एक–आपसमा ठोक्किएर दुर्घटना भएको छ ।

    सर्लाहीबाट काठमाडौं आउँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाडौंबाट मुग्लिन तर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौं आउँदै गरेको बाग्मती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रो बस आज बिहान  ०८ः४५ बजे एक आपसमा ठोक्किएका हुन् । 

    सो दुर्घटनामा ११ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ६६ जनाको टोलीले घाइतेको उद्धार गरेको थियो । 

    दुर्घटनापछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ । घाइतेलाई स्थानीय अस्पताल र कुरिनटार स्थित सशस्त्र प्रहरी बलको ट्रमा सेन्टरमा लगिएको छ । 

    प्रकाशित मिति :कार्तिक १० २०८३ मंगलवार - १०:२८:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij