Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

लक्ष्मी सनराइज क्यापिटलको रु.५.३८ करोड नगद लाभांश पारित

लक्ष्मी सनराइज क्यापिटलको रु.५.३८ करोड नगद लाभांश पारित


  • 141
    Shares

    लक्ष्मी सनराइज क्यापिटलको रु.५.३८ करोड नगद लाभांश पारित
    images

    काठमाडौं ।  लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्ना सेयरधनीलाई ५ करोड ३८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

    कम्पनीको १६औँ वार्षिक साधारणसभा बिहीबार काठमाडौंको हात्तीसारस्थित लक्ष्मी कम्प्लेक्समा सम्पन्न भएको हो। सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, सोही अवधिको असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसम्बन्धी प्रस्ताव पारित गरेको छ।

    सभाले आर्थिक वर्ष २०८३/८४ को लेखापरीक्षण कार्यका लागि हाल कायम लेखापरीक्षक एन.बी.एस.एम. एन्ड एसोसिएट्सलाई नै निरन्तरता दिने निर्णयसमेत गरेको छ।

    असार मसान्त २०८३ को वासलातअनुसार प्रतिशेयर आम्दानी १२.६६ रुपैयाँ रहेको कम्पनीले वितरणयोग्य आम्दानी १२.८६७ प्रतिशतबाट सेयरधनीलाई चुक्ता पुँजीको ११ प्रतिशत अर्थात् करसहित ५ करोड ३८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

    नेपालको पुँजी बजारमा पहिलोपटक शेयर निष्कासनसम्बन्धी मर्चेन्ट बैंकिङ तथा सामूहिक लगानी कोषसम्बन्धी कार्यको सुरुवात गर्दै तीन दशकभन्दा बढी समयदेखि कम्पनीले धितोपत्र बजारको विकास, विस्तार तथा संस्थागत सुदृढीकरणमा योगदान पुर्‍याउँदै आएको छ।

    कम्पनीले करिब ६ अर्ब रुपैयाँ बराबरका ६ वटा बन्दमुखी म्युचुअल फन्ड र एउटा खुलामुखी म्युचुअल फन्ड गरी करिब ७ अर्ब रुपैयाँ बराबरका म्युचुअल फन्ड सफलतापूर्वक सञ्चालन गर्दै आएको जनाएको छ। साथै, विशिष्टीकृत लगानी कोषअन्तर्गत एक अर्ब रुपैयाँ पुँजी भएको लक्ष्मी सस्टेनेबल इनर्जी फन्डले निर्धारित लक्ष्यअनुसार पुँजी सङ्कलन गरी दिगो ऊर्जा क्षेत्रमा लगानी गर्दै आएको छ।

    लक्ष्मी सनराइज क्यापिटल लिमिटेड इम्प्याक्ट म्यानेजमेन्टका सिद्धान्त (Operating Principles for Impact Management) मा हस्ताक्षर गर्ने नेपालको पहिलो संस्था हो। उक्त सिद्धान्तले सामाजिक तथा वातावरणीय प्रभावसहितको लगानीलाई पारदर्शी, अनुशासित र विश्वसनीय बनाउने लक्ष्य राखेको छ। यसले कम्पनीको दिगो तथा उत्तरदायी लगानीप्रतिको प्रतिबद्धता दर्शाउँछ।

    प्रकाशित मिति :आश्विन २९ २०८३ बिहिवार - १४:२०:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij