२०८२ कार्तिक १८ गते मंगलवार
                                                    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशमा स्थायित्वको लागि विश्वासको मत दिन आग्रह गरेका छन् ।
‘आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संरक्षण गर्दै अगाडि बढ्नका यहाँ छौं । संघीयतालाई मजबुत र राजनीतिक स्थिरता हुन्छ भन्ने सन्देश दिन र जनताले दिएको मतादेश पाँच वर्षको लागि हो र बीचमा जनताबीच जानु कुनै पनि रुपमा उपयुक्त नहुने भएकोले विश्वासको मत दिएर समर्थन गर्न अनुरोध गर्दछु,’ मुख्यमन्त्री पोखरेलले भने ।
उनले प्रदेश सभाको बैठकमा विश्वासको मत माग्ने क्रममा सो धारणा राखेका हुन् । उनले मुख्यमन्त्री नियुक्त भएपछि आफूले ल्याएको नीति तथा कार्यक्रम र बजेटबारे पनि चर्चा गरेका थिए ।
‘नीति तथा कार्यक्रम र बजेटमा आधारित कार्यक्रमलाई कार्यान्वयन गर्न विश्वासको मत दिन आग्रह गर्दछु,’ पोखरेलले भने ।
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij