२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज (शुक्रबार) पनि १२ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १२ सय रुपैयाँले घट्दै ९० हजार ८०० रुपैयाँमा झरेको हो ।
महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत सोही दरमा घट्दै प्रतितोला ९० हजार ३०० रुपैयाँ कायम भएको छ । यता चाँदीको मूल्य पनि घटिरहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३५ रुपैयाँले घट्दै एक हजार ३०५ रुपैयाँमा झरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij