Logo

२०८३ आश्विन २१ गते बुधवार

२०८३ आश्विन २१ गते बुधवार

बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट घटाएर ४५ दिन बनाउने सरकारको निर्णय

बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट घटाएर ४५ दिन बनाउने सरकारको निर्णय


  • 603
    Shares

    बेपत्ता भएका  नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट घटाएर ४५ दिन बनाउने सरकारको निर्णय
    images

    काठमाडौँ । सरकारले बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट घटाएर ४५ दिन बनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद वैठकले यसका लागि कानून संशोधन गर्ने निर्णय गरेको हो ।

    मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले विभिन्न तीनवटा ऐन संशोधन गर्न बनेका अध्यादेशहरू जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको जानकारी दिए ।

    मन्त्रिपरिषद्ले जारी गर्न सिफारिस गरेका अध्यादेशहरूमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद् सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश रहेका छन् ।

    विपद् सम्बन्धी अध्यादेशमा विशेषगरी प्राकृतिक विपद्‌मा परी बेपत्ता भएका नागरिकहरूको हकमा कानुनी व्यवस्था संशोधन गरिएको छ । हालको कानुनी प्रावधान अनुसार बेपत्ता भएका व्यक्तिलाई १२ वर्षपछि मात्र मृत घोषणा गर्ने व्यवस्था रहेकामा त्यसलाई उल्लेखनीय रूपमा घटाउन लागिएको हो ।

    भोटेकोशीको बाढीलगायत हालैका विपद्का घटनाहरूलाई मध्यनजर गर्दै यो संशोधन प्रस्ताव गरिएको प्रवक्ता पोखरेलले बताए । पत्रकारहरूको जिज्ञासामा उनले भने, ‘पहिले बेपत्ता भएको १२ वर्षपछि मात्र मृत घोषणा गर्ने कानुनी प्रावधान थियो । अब त्यसलाई उल्लेख्य रूपमा छोट्याएर लगभग ४५ दिनको हाराहारीमा ल्याउने तयारी गरिएको छ ।’

    यो व्यवस्था हालका बाढीपीडितका लागि मात्र लक्षित नभई समग्र विपद्‌ व्यवस्थापनको कानुनी प्रक्रिया सहज बनाउन सबैका लागि लागू हुने गरी ल्याइएको पनि उनले स्पष्ट पारे ।

    प्रकाशित मिति :आश्विन २१ २०८३ बुधवार - १८:३५:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij