Logo

२०८३ आश्विन २१ गते बुधवार

२०८३ आश्विन २१ गते बुधवार

चोलेन्द्र शमशेर जबरासहित ६ जनाको घरमा छापा

चोलेन्द्र शमशेर जबरासहित ६ जनाको घरमा छापा


  • 736
    Shares

    चोलेन्द्र शमशेर जबरासहित ६ जनाको घरमा छापा
    images

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित उनका निकट र नातेदारको घरमा छापा मारेको छ।

    पूर्वप्रधानन्यायाधीश जबरा, दिपक तिमल्सिना, नारायण दाहाल र नवराज थपलियाको घरमा छापा मार्ने काम भइरहेको स्रोतले बताएको छ।

    तिमल्सिना दूरसञ्चार व्यवसायी हुन् भने थपलिया उच्च अदालतका पूर्वन्यायाधीश हुन्। त्यसैगरी, जबराका भाइ प्रभुशमशेर जबरा एवं ज्वाइँ नाता पर्ने नवीन बस्नेतको घरमा पनि सम्पत्ति शुद्धीकरणको टोली पुगेको छ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले चोलेन्द्र शमशेर जबरा र उनका नजिकका मानिस जसमार्फत सम्पत्ति लुकाइएको अनुमानको आधारमा छापा मारेको बताएका छन्।

    पूर्वप्रधानन्यायाधीश जबराको कामदारको घरमा समेत विभागको टोली र प्रहरीले खानतलासी गरिरहेको स्रोतले बताएको छ।राणालाई यही असोज १० गते राति काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगन्जस्थित घरबाटै पक्राउ गरेको थियो। 

    १२ घण्टा प्रहरी हिरासतमा राखेर ११ गते छोडिएको थियो। यद्यपि प्रहरीले भने सुरक्षाका लागि कार्यालय लगेको जनाएको थियो। उनीविरुद्ध परेको उजुरीको विस्तृत विवरण खुलाइएको छैन। २०७५ पुस १८ गते सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका जबराविरुद्ध २०७८ फागुन १ गते संसदमा महाभियोग प्रस्ताव दर्ता गरिएको थियो।

    त्यसपछि निलम्बित उनी महाभियोग प्रस्ताव पारित नभए पनि सर्वोच्च अदालत फर्किन पाएनन् र यहीबिच उनको कार्यकाल समाप्त भएको थियो।

    प्रकाशित मिति :आश्विन २१ २०८३ बुधवार - १६:१३:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij