Logo

२०८३ आश्विन २१ गते बुधवार

२०८३ आश्विन २१ गते बुधवार

चाडबाडमा यात्रुकै रूपमा सादा पोशाकका प्रहरी, ललितपुरमा १३४१ परिचालन

चाडबाडमा यात्रुकै रूपमा सादा पोशाकका प्रहरी, ललितपुरमा १३४१ परिचालन


  • 169
    Shares

    चाडबाडमा यात्रुकै रूपमा सादा पोशाकका प्रहरी, ललितपुरमा १३४१ परिचालन
    images

    काठमाडौं । ललितपुर प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको छ ।

    चाडपर्वमा हुनसक्ने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले बताए ।

    दैनिक सुरक्षा ड्यूटीका लागि १,१५१ जना प्रहरी परिचालन हुने र कमाण्ड फोर्ससहित कुल १,३४१ जना प्रहरी जनशक्ति यस विशेष सुरक्षा योजनामा खटिएको उनको भनाइ छ ।

    सर्वसाधारणको बढी भीडभाड हुने ठाउँहरू सुन पसल, व्यापारिक केन्द्र, बैंक तथा वित्तीय संस्था, सपिङ कम्प्लेक्स, बस पार्क तथा बस स्टपहरूलाई केन्द्रित गरी सुरक्षा व्यवस्था मिलाइएको केसीले जानकारी दिए ।

    २४ वटा मुख्य स्थानहरूमा चौबीसै घण्टा प्रहरी तैनाथ रहने पिकेट राखिएको र प्रत्येक युनिटबाट कम्तीमा एउटा गाडी मोबाइल र एउटा पैदल गस्ती खटाइएको ललितपुर प्रहरीले जनाएको छ ।

    त्यसैगरी संदिग्ध गतिविधिमाथि निगरानी राख्न सादा पोशाकमा प्रहरीहरू परिचालन गरिएको तथा यात्रुबाहक गाडीहरूमा सर्वसाधारण यात्रुकै रूपमा सादा पोशाकका प्रहरीहरू यात्रा गरी निगरानी गर्ने व्यवस्था मिलाइएको छ ।

    त्यस्तै २४ घण्टा सीसीक्यामेरा कन्ट्रोल रुमबाट निगरानी गरिनुका साथै भीडभाड हुने र पूजाआजा हुने ठाउँहरूमा ड्रोनबाट समेत अनुगमन गरिने ललितपुर प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :आश्विन २१ २०८३ बुधवार - १४:४५:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij