२०८३ आश्विन २१ गते बुधवार
काठमाडौं । अस्ट्रेलियामा नर्सिङ पढिरहेकी नेपाली विद्यार्थी सञ्जु राईको मृत्यु भएको छ।
अस्ट्रेलियाको न्यु साउथ वेल्सस्थित ब्ल्याक स्प्रिङ्सनजिकै यही अक्टोबर २ मा भएको सवारी दुर्घटनामा २५ वर्षीया राईको निधन भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
नर्सिङ अभ्यास (प्लेसमेन्ट) सकेर गाउलबर्नबाट बाथर्स्ट फर्किने क्रममा अक्टोबर २ साँझ करिब ५ बजे उनी गाडी दुर्घटनामा परेकी थिइन्।
प्रहरीका अनुसार घरतर्फ फर्किँदै गरेको कार अचानक अनियन्त्रित भएर सडकछेउमा रहेको रुखमा ठोकिएको थियो। दुर्घटनास्थलमै उनको मृत्यु भएको थियो। परिवारले उनको शव नेपाल ल्याएर अन्तिम संस्कार गर्ने तयारी गरेको छ।
सञ्जु नर्सिङ विषयको अन्तिम सेमेस्टरमा अन्तर्राष्ट्रिय विद्यार्थी थिइन्। अस्ट्रेलियामै नर्स बन्ने उनको सपना थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij