२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य ११ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार गत बुधबारको तुलनामा आज सुन प्रतितोला ११ सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँ कायम भएको हो ।
गत बुधबार सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजाबी सुन समेत प्रतितोला ११ सयले नै घट्दै ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यता चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ घट्न पुगेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले घट्दै एक हजार ३४० रुपैयाँ कायम भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij