Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

भक्तपुरबाट ३८ वटा नक्कली सवारी लाइसेन्ससहित एक जना पक्राउ 

भक्तपुरबाट ३८ वटा नक्कली सवारी लाइसेन्ससहित एक जना पक्राउ 


  • 6.1K
    Shares

    • images
    भक्तपुरबाट ३८ वटा नक्कली सवारी लाइसेन्ससहित एक जना पक्राउ 
    images

    काठमाडौं । भक्तपुरबाट ३८ वटा नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स)सहित एक जना पक्राउ परेका छन् । 

    महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले मंगलबार मध्यपुर ठिमी नगरपालिका-६ ठिमिबाट एक जनालाई पक्राउ गरेको हो । 

    पक्राउ पर्नेमा सिन्धुपालचोक साँगाचोकगडी नगरपालिका वडा नम्बर १२ घर भइ ठिमी बस्ने २८ वर्षीय आशिष गिरी छन् । महाशाखाको पीडित सहायता इकाईमा आएको विशेष सूचनाको आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

    प्रहरीले उनले चलाउँदै आएको बा १५ च ४३८४ नम्बरको हुन्डाई कम्पनीको कार पनि नियन्त्रणमा लिएको छ। त्यस्तै उनीबाट ३८ वटा किर्ते सवारी चालक अनुमति पत्र र विभिन्न बैंकका चेक समेत बरामद गरेको महाशाखाले जनाएको छ । 

     

    प्रकाशित मिति :मंसिर २४ २०७७ बुधवार - ११:३५:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij