Logo

२०८३ आश्विन १४ गते बुधवार

२०८३ आश्विन १४ गते बुधवार

मौसम पूर्वानुमान

आज कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

आज कहाँ–कहाँ छ वर्षाको सम्भावना ?


  • 442
    Shares

    आज कहाँ–कहाँ छ वर्षाको सम्भावना ?
    images

    काठमाडौं । मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमा महाशाखाले जनाएको छ । 

    महाशाखाका अनुसार, देशका हिमाली भू–भागमा आंशिक बादल तथा पहाडी र तराईका भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बादल लागेको छ ।

    बुधबार दिउँसो देशभर आंशिक बादल लाग्नेछ । कोसी र वाग्मती प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

    राति कोसी र वाग्मती प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । 

    देशका तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोसी र वाग्मती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    प्रकाशित मिति :आश्विन १४ २०८३ बुधवार - ०७:०५:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij