Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

तीन जना चढेको मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

तीन जना चढेको मोटरसाइकल दुर्घटना, चालकको मृत्यु


  • 4.8K
    Shares

    • images
    तीन जना चढेको मोटरसाइकल दुर्घटना,  चालकको मृत्यु
    images

    भक्तपुर । भक्तपुर मध्यपुर ठिमीमा तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । बुधबार राति करिब ११ बजे ठिमी नगरपालिका-४ चारदोबाटोमा मोटरसाइकल दुर्घटना भएको हो ।

    बा७७प ५६०५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालक सोलुखुम्बु चौलाखर्क-३ घर भई काठमाडौं काँडाघारी बस्ने २७ वर्षीय रमेशकुमार बस्नेतको मृत्यु भएको हो । प्रहरीका अनुसार उनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

    मोटरसाइकलमा सवार सवार उदयपुर ताप्ले गाउँपालिका-५ घर भई काँडाघारी बस्ने २२ वर्षीय लोकेन्द्र मग्राती र सिन्धुली तीनपाटन गाउँपालिका-५ घर भई हाल काँडाघारी बस्ने २५ वर्षी अमित जैरूको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

    महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सडकको बीचमा रहेको आइल्याण्डमा मोटरसाइकल ठोक्किएको थियो ।

    प्रकाशित मिति :आषाढ ३ २०७८ बिहिवार - ११:२५:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij